Logo

भरतपुरकी मेयर रेनु दाहाल घाइते, काठमाडौंमा उपचार हुँदै



काठमाडौं, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको स्रोतले जनाएको छ । उनी अहिले खतरामुक्त रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्