Logo

गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रमः डा राणा



कैलाली, जेठ १४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताएकी छन् ।

गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन प्रति अचम्म लागेको बताउनु हुँदै १÷२ हप्तामा समिति गठन गरी तीन सय शैयाको अस्पाल खोल्ने तयारी भईरहेको उहाँको एक भिडियो मार्फत स्पष्ट पारिन् ।

गत चैत ४ गते तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भएको स्मरण गराउनु हुदैँ डा राणाले जसको लागि आगामी आर्थिक वर्षमा वजेट बिनियोजन गरिने समेत उनले बताइन् । स्थानीय तह निर्वाचन आचारसंहिताका कारण अस्पताल सञ्चालनमा ढिलाई भएको समेत उनको भनाई छ ।

मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारको नियम कानुन अनुसार तीन वर्ष अस्पताल चलाई सकेपछि मात्र कलेज सञ्चालन गर्न पाईने नियम रहेको भिडियो सन्देश मार्फत डा राणाले प्रष्ट पारेकी छन् ।

एकै पटक मेडिकल कलेज सञ्चालन गर्न कानुनतः नमिल्ने बताउदै उनले कलेजका बिषयमा अनावश्यक भ्रम छर्नु गलत भएको र चाँडै नियम अनुसार अस्पताल हुँदै मेडिकल कलेज सञ्चालन गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्