Logo

श्रीलंकाको संकट टार्न भारतले सहयोग बढायो



एजेन्सी, १४ जेठ । चरम आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा भारतले आर्थिक सहयोग बढाएको छ । श्रीलंकामा अत्यावश्यक सामाग्री खरिदका लागि भारतले अरबौं डलर सहयोग दिदै आएकोमा सहयोग विस्तार गरेको हो ।

भारतले इन्धन आपूर्तिका लागि आर्थिक सहयोग प्रदान गरिसकेको छ । खाद्यान्न, औषधीलगायतका सामाग्री पनि जहाजबाट पठाइरहेको छ ।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेले भारतको सहयोगका लागि प्रशंशा गरेका छन् । उनले कठिन समयमा भारतको सहयोगका लागि प्रशंशा गर्दै दुई देशबीच सम्बन्ध अझ बलियो हुने ट्वीट गरेका छन् ।

भारत र जापानले क्वाड देशहरुको सम्मेलनमा संकटमा परेका देशहरुलाई आर्थिक सहयोगको प्रस्ताव राखेकोमा पनि विक्रमसिंघेले धन्यवाद ज्ञापन गरे । उनले यसलाई सकारात्मक संकेत भन्दै श्रीलंका लाभान्वित हुनसक्ने आशा व्यक्त गरे ।

श्रीलंका ऋणको जालोमा परेर संकटमा परेको छ । त्यहाँको पर्यटन उद्दोग पनि धराशायी भएको छ । कुनैबेलाको समृद्ध मुलुक श्रीलंका टाट पल्टने अवस्थामा छ । दैनिक उपभोग्य सामाग्री खरिद गर्न नसक्दा जनतालाई इन्धन पुर्याउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्