Logo

फिलिपिन्सको राष्ट्रपति निर्वाचित मार्कोस बने चीनका लागि चुनौती



एजेन्सी, १४ जेठ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस चीनका लागि चुनौती बन्ने देखिएका छन् । निर्वाचित भएको घोषणालगत्तै माकोर्सले साउथ चाइना सीमा फिलिपिन्सले एक मिलिमिटर क्षेत्र पनि नछाड्ने बताएर चीनलाई चुनौती दिएका छन् । उनले पद सम्हाल्नु अघि नै साउथ चाइना सीबारे कडा टिप्पणी गरेर तरङ्ग ल्याइदिएका छन् ।

साउथ चाइना सीका विवादास्पद सामुन्द्रिक क्षेत्र र टापुहरुमा चीनसँग फिलिपिन्ससहित विभिन्न देशको विवाद चुलिएको छ । चीनले त्यहाँ सैन्य उपस्थिति बढाइरहेको छ । फिलिपिन्स, भियतनाम, मलेशिया, इन्डोनेशिया र ब्रुनाईले उक्त क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् ।

मार्कोसले साउथ चाइना सीको सामुन्द्रिक क्षेत्रबारे चीनसँग बलियो आवाजका साथ कुरा गर्ने समेत बताए । फिलिपिन्सले साउथ चाइना सीमा चीनको सबैजसो क्षेत्रमा रहेको दाबीलाई अस्वीकार गरिसकेको छ ।

सन् २०१४ यता चीनले साउथ चाइना सीको अधिकांश क्षेत्रमा दाबी गर्दै आएको छ । अन्तर्राष्ट्रिय कानूनको पालना गर्न चीनलाई अमेरिकालगायत पश्चिमा देशहरुले दबाब दिदै आएका छन् । तर, चीनले उक्त क्षेत्रमा सैन्य उपस्थिति बढाउन छाडेको छैन । सामरिक महत्वको साउथ चाइना सीमा प्राकृतिक स्रोतले सम्पन्न टापुहरु पनि छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot