Logo

एकले अर्कोलाई निषेध गरेर मुलुकको समस्या समाधान हुँदैन, सहकार्य गर्नुपर्छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक अहिले विशिष्ट सन्दर्भमा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको नीति तथा कार्यक्रममा निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ जोड दिईएको सुनाए ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दाहालले यस्तो बताएका हुन् । उनले देश अहिले धेरै तरिकाबाट संकटमा र अप्ठ्यारोमा रहेको स्मरण गराए । उनले अहिले सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले राष्टिय सहमति र समझदारीतर्फ जानुपर्ने बताए । उनले अहिले एकले अर्कोलाई दोषारोपण गरेर समस्याको समाधान नहुने पनि सुनाए । उनले अहिलेको स्थानीय तहको निर्वाचनमा ठूलो जनसहभागिता रहेको पनि दाबी गरे । उनले अहिले कुन दलले कति सिट ल्यायो ? कसको बढ्यो र कसको घट्यो ? भन्नु भन्दापनि संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढ्यो कि बढेन ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्