Logo

लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय



काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय भएका छन् । उनी स्थानीय चुनावको समिक्षा गर्दै देश दौडामा निस्किएका छन् ।

लिङ्देननिकट स्रोतका अनुसार देशले नयाँ र आशा गरिएका युवाहरु चाहेको निष्कर्षका साथ देश दौडामा निस्किएका हुन् । अबको चुनावमा नयाँ अनुहारलाई उम्मेदवार बनाउने उद्देश्यका साथ लिङ्देन प्रदेश १ बाट सक्रिय भएका हुन् । उनले आजै विराटनगरमा आयोजित पार्टीको सभालाई सम्बोधन गरेका छन् ।

राप्रपामा विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराए । उनले राप्रपामा प्रवेश गर्नेले कहिले शीर झुकाउनु नपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्