Logo

सूर्योदयमा कार्यपालिका गठनका लागि एमाले र एसको गठबन्धन



इलाम, जेठ १५ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ ।

कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेका छन् । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छन् । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो ।

कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ । सहमति अनुसार एमाले र एसले शनिबार मनोनयन समेत ४–४ जनाको दर्ता गराएको छ । कांग्रेसले भने आठै जनाको मनोनय दर्ता गराएको छ । १४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा ७२ जना नगरसभा सदस्य निर्वाचित छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्