काठमाडौं, १५ जेठ । सर्वोच्च अदालतले निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन गरेको फैसलाविरुद्ध आन्दोलन भएको छ ।
निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पुर्वपश्चिम लोकमार्गमा धर्ना र चक्काजाम समेत गरेका छन् ।
स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले आयोजना गरेको चक्काजामले राजमार्गमा दर्जनौ सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।