एजेन्सी, १५ जेठ । चीनका विदेशमन्त्री वाङ ई प्रशान्त महासागरका टापु देशहरुको १० दिने भ्रमणमा छन् । वाङले यति लामो भ्रमण गरिरहेकोमा अमेरिका र अष्ट्रेलियाको गहिरो चासो देखिएको छ । उक्त क्षेत्रमा चीनले सैन्य प्रभाव बढाउन खोजिरहेको छ ।
प्रशान्त महासागरका टापु देशहरुमा अष्ट्रेलियाको प्रभाव रहँदै आएको छ । अष्ट्रेलिया अमेरिकाको निकै नजिकको मित्रशक्ति हो । तर, चीनको प्रशान्त क्षेत्रमा बढ्दो उपस्थितिलाई अमेरिकाले चासोका साथ लिएको छ ।
चीनले सोलोमन टापुसँग सैन्य सम्झौता गरिसकेको छ । उक्त देशमा चीनले नौसैनिक अखडा बनाउन खोजेको विषय आइरहेको छ ।
वाङको भ्रमणको तालिकामा सोलोमन आइल्यान्ड, किरिबाटी, सामोआ, फिजी, टोंगा, भनुटु, पपुवा न्यू गिनी र पूर्वी टिमोर पनि छ । उनी २६ मे देखि भ्रमणमा व्यस्त छन् । ४ जूनसम्म भ्रमण तालिका रहेको छ ।
चीनले १० वटा प्रशान्त महासागरका टापुर देशहरुसँग सम्झौताको ड्राफ्ट नै वाङको भ्रमण अघि पठाएको चर्चा छ । जसमा चीनले ती देशहरुमा आफ्नो पहुँच बढाउने देखि टापु देशहरुबीच पहुँच बलियो बनाउने समेत रहेको छ । यो अमेरिकालाई काउन्टर दिन चीनले चालेको रणनीतिक कदम भनिएको छ ।
चीनले पनि इन्डो प्यासिफिक सैन्य रणनीति अगाडि सारेको छ । उसले क्वाडलाई सक्रिय बनाएको छ । चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो सक्रियतालाई अमेरिकाले काउन्टर दिन खोजिरहेको छ । यसकारण पनि चिनियाँ विदेशमन्त्री वाङको भ्रमण अमेरिकाको चासोमा परेको हो ।-File Photo