Logo

वेपत्ता विमान खोज्न गएको सेनाको हेलिकोप्टर मौसमको खराबीले जोमसोमबाट १५ किलोमिटर दूरीमा अवतरण



एजेन्सी, १५ जेठ । वेपत्ता विमानको खोजीमा मौसम बाधक बनेको छ । पाइलटको मोबाइल फोन बजिरहेको आधारमा स्थान ट्रयाक गरी सेनाको हेलिकोप्टर खोजीमा पठाइएको छ । तर, मौसमको खराबीका कारण खोजीमा समस्या आएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार एमआई १७ हेलिकोप्टर सम्भावित ठाउँमा पुग्न खोजेपनि मौसमले अवरोध आएको छ । हेलिकोप्टर अहिले जोमसोमबाट १५ किलोमिटर दूरीमा अवतरण गरेको छ ।

पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको हो । विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन् । विमानका पाइलटको मोबाइलको घन्टी बजिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्