काठमाडौं, १५ जेठ । नेपाल खानेपानी संस्थान कर्मचारी संघको अध्यक्षमा केदार धमला निर्वाचित भएका छन् ।
संघको सातौ महाधिवेशनबाट अध्यक्षमा धमलासहित वरिष्ठ उपाध्यक्षमा राजु बस्नेत, महिला उपाध्यक्षमा डम्बरी महरा, उपाध्यक्षमा सरजुन केसी लगायत निर्वाचित भएका हुन् ।
त्यस्तै, सचिवमा अजयकुमार प्रसार र सुरेन्द्र पाण्डेय निर्वाचित भएका छन् ।
गत जेठ ११ देखि १३ गतेसम्म भएको संघको सातौ महिधिवेशनको नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधीले उद्घाटन गरेका थिए ।