Logo

तस्विरमा हेरौं माइतीघरमा नागरिकताविहीनको धर्ना



काठमाडौं, १५ जेठ । नागरिकताविहिन नागरिक संघर्ष समितिले आज माइतीघरमा धर्ना दिएको छ । नागरिकता नपाएर पीडित भएका नागरिकहरुले ऐन संसोधनलगायतका माग राखेर धर्ना तथा प्रदर्शन गरेका हुन् ।

उनीहरुले २०७२ को संविधान अनुसार भाग २ धारा १० को उपधारा १ छिटो भन्दा छिटो कार्यान्वयन गर्न माग गरेका छन् । संविधान सशोधन छिटो गर्न उनीहरुको माग छ ।

जन्मसिद्ध नागरिकका सन्तान, एकल आमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन पर्ने उनीहरुको भनाई छ । तस्बिर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot