Logo

उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन



काठमाडौं, १५ जेठ । सरकारले उखु किसानलाई ८१ करोड अनुदान विनियोजन गरेको छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आज प्रस्तुत गरेको बजेटमा उखु किसानलाई यति रकम विनियोजन गरिएको हो ।  त्यस्तै, कर्णाली प्रदेशमा रैथाने बालीको संरक्षण गरिने पनि जनाईएको छ ।

मन्त्री शर्माले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेका छन् भने स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याएको घोषणा गरेका छन् । यको लागि ३ अर्ब बजेट विनियोजन गरेका छन् । यस्तै, स्टार्ट अब व्यवसायका लागि सुरुवाती पूँजी पनि सरकारले दिने घोषणा गरेको छ ।

https://www.facebook.com/ReportersNepal/videos/1132236934301308



प्रतिक्रिया दिनुहोस्