Logo

कर्मचारीको तलब साउनबाट बढेपछि कति पुग्ने भयो (विवरणसहित)



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ ।

यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ ।

सचिवको तलब ६२ हजार ६८० रहेकोमा साउनबाट ७२ हजार ८२, सहसचिवको ४९ हजार ३८० बाट ५६ हजार ७८७ पुग्नेछ ।

खरिदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०१ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्