Logo

सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत



काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ नजिक पुर्याउन खटिएको थियो ।

मौसमको खराबीका कारण दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न सकेको थिएन । स्थानीयवासीले ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा विमान भेटिएको खबर गरेपछि उद्धारका लागि खटिएको टोली त्यसैतर्फ बढेको बुझिएको छ ।

उद्धारमा खटिएको टोलीका एक सुरक्षाकर्मीले जानकारी गराए अनुसार मौसम खुलेलगत्तै हेलिकोप्टर उद्धार टोली बोकेर दुर्घटनाग्रस्त ठाउँमा पुग्नेछ । एमआई १७ हेलिकोप्टर आइतबार विहानै देखि खोजीका लागि पुगेपनि मौसमका कारण जोमसोम पुगेको थियो । ६ बजेबाट नै हेलिकोप्टर उद्धार टोली लिएर खोजीमा खटिएको छ ।

कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त तारा एयरको जहाज, स्थानीयवासीले गराए सुरक्षा निकायलाई जानकारी

सोमबार बिहानैदेखि सम्पर्कविहीन तारा एयरको खोजी सुरु

 



प्रतिक्रिया दिनुहोस्

Screenshot