Logo

विमान दुर्घटना भएको पुष्टि, थसाङको डाँडोमा भेटियो



काठमाडौं, १६ जेठ । नेपाली सेनाले विमान दुर्घटना भएको पुष्टि गरेको छ । सेनाका प्रवक्ताले ट्वीट गर्दै मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटना भएको जानकारी दिएका हुन् ।

विमान टुक्रा टुक्रा अवस्थामा भेटिएको छ । शवहरु जलेको अवस्थामा छरपष्ट देखिन्छन् ।

सेना र प्रहरीको उद्धार टोली उक्त क्षेत्रमा पुगिसकेको छ । विहानै हेलिकोप्टर उक्त क्षेत्रमा पुगेको हो ।

तारा एयरको विमान जोमसोमका लागि पोखराबाट उडेकोमा आइतबार विहानबाट वेपत्ता थियो । मौसमको खराबीले खोजी कार्य जटिल बनेको थियो । आज विहानै मौसम खुलेपछि खोजी भएको थियो । स्थानीयवासीले दुर्घटनास्थलबारे जानकारी दिएपछि दुर्घटनास्थल पत्ता लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot