Logo

दुर्घटनास्थलमा बाक्लो बादलले हेलिकोप्टर उड्न सकेन



काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनास्थल मुस्ताङको थसाङस्थित सनोसवारेमा उद्धारका लागि खटिएको हेलिकप्टर मौसमका कारणले उडेको छैन । दुर्घटनास्थल पत्ता लागेपछि उक्त क्षेत्रमा उद्धार टोली लिएर हेलिकप्टर पुग्न खोजेपनि बाक्लो बादलले अवरोध भएको बुझिएको छ ।

हेलिकप्टर तयारी अवस्थामा रहेपनि मौसम सफा हुने पर्खाइमा रहेको बताइएको छ । पैदलै सुरक्षाकर्मीको टोली भने दुर्घटनास्थल नजिक पुगिसकेको छ ।

Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्

Screenshot