Logo

यात्रुहरूको शव चिन्न नसकिने अवस्थामा



काठमाडौं, जेठ १६ । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरको हेलिकप्टरबाट पुगेको प्रहरीको टोलीले दुर्घटनास्थलमा परेका यात्रुहरू जलेको अवस्थामा भेटाएका छन् । दुर्घटनमा परेकाहरुको शव चिन्न नसकिने अवस्थामा रहेका छन् ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।बाङ्गमा



प्रतिक्रिया दिनुहोस्

Screenshot