Logo

विमान दुर्घटनास्थलमा सेना पुग्यो



काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनास्थलमा उद्धारका लागि खटिएको सुरक्षाफौज पुगेको छ । नेपाली सेनाले लेफ्टिनेन्ट मंगल श्रेष्ठको नेतृत्वको टोली उक्त स्थलमा पुगेको जनाएको छ ।

सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीट गर्दै श्रेष्ठसहित प्रहरी इन्स्पेक्टरलगायतको टोली दुर्घटनास्थलमा पुगेको जानकारी दिएका छन् । उनले अरु उद्धार टोलीलाई पनि पुर्याउने प्रयास भइरहेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्