Logo

महेश बस्नेतको पत्तथरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको पित्तथैलीमा देखिएको पत्तथरीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। बस्नेतको सचिवालयले जनाएअनुसार उनको उपचार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा भएको हो ।

सचिवालयले लेखेको छ-“पित्तथैलीमा पत्तथरी देखा परेका कारण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको सल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ।सल्यक्रियामा संलग्न डक्टर लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद।साथै चिकित्सकको सल्लाह अनुसार भेटघाटमा भने रोक लगाएको हुदा सम्पूर्ण शुभचिन्तकहरु प्रति क्षमा प्रार्थी छौ। सचिवालय टिम”



प्रतिक्रिया दिनुहोस्