Logo

दुर्घटनास्थलमा हेलिकोप्टर पुगेर ओसार्न थाल्यो शव



काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान वरिपरि छरिएका शवहरु संकलन गरी पहाडको फेदीमा ओसार्ने क्रम चलिरहेको छ । हेलिकोप्टर नै दुर्घटनाग्रस्त स्थानमा पुगेर शवहरु ल्याउन थालेको छ ।

अहिलेसम्म १० वटा शव झारिएको बुझिएको छ । सेनाको एमआइ १७ हेलिकोप्टर भने पहाडको फेदीस्थित नदी किनारमै छ । मौसमको खराबीका बाबजुद एउटा हेलिकोप्टर भने दुर्घटनाग्रस्त स्थानसम्म पुगेको छ ।

थप १२ शव संकलन गरी झार्ने प्रयास चलिरहेको बुझिएको छ । १० वटा शव चिनिने र सग्लो अवस्थामा रहेकाले संकलन सजिलो भएको हो । कतिपय शवहरु नचिनिने अवस्थामा रहेकाले संकलनमा कठिनाई परिरहेको बुझिएको छ ।

आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटनामा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot