Logo

नेप्से परिसुचक उच्च अंकले घट्यो



काठमाडौं, १५ जेठ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ५० दशमलव ३३ अंकले घटेर २१७३ दशमलव ४४ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ३३ अंकले घटेर ४२२ दशमलव ७४ विन्दुमा थामिएको हो ।

आज २२७ कम्पनीका १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ



प्रतिक्रिया दिनुहोस्