Logo

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल



एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने सहमति निर्माणमा सफल हुन नसकेका हुन् ।

वाङको प्रस्तावले क्षेत्रीय स्थिरतामा चुनौती बन्न सक्ने विषय उठेको छ । सोमबार फिजी पुगेका वाङले प्रशान्त क्षेत्रका १० देशका नेताहरुसँग भर्चुअल संवाद गर्दै प्रशान्त क्षेत्रका देशहरुलाई मनाउन खोजेका थिए । उनले त्यहाँको विकास र व्यापार प्रवद्धर्नको सुनिश्चितताबारे बोलेका थिए । वाङले धेरै चिन्तित र नआत्तिन समेत भने ।

वाङले प्रशान्त क्षेत्रका टापु देशहरुमा १० दिवसीय भ्रमण गरेर चीनको त्यस क्षेत्रमा सुरक्षा, आर्थिक र राजनीतिक मामलामा सहभागिता बढाउन खोजेका छन् । उनले पाँच वर्षीय एक्सन प्लानमार्फत् विभिन्न क्षेत्रमा लगानीको प्रस्ताव समेत गरेका छन् । तर, १० वटै देशहरुले कुनैपनि योजनालाई पारित गरिसकेका छैनन् ।

फिजी, सामोआ, टोंगा, किरिबाटी, पपुवा न्यु गिनी, भनाउटु, सोलोमन आइल्यान्ड र निउका नेताहरुले पाँचवटा क्षेत्रमा साझेदारी गर्ने सहमति गरेपनि यसलाई पूर्ण आकारका साथ सहमति बनाउन थप छलफलमा जोड दिए । पाँच वटा क्षेत्रमा सुरक्षाको विषय समावेश छैनन् ।

चिनियाँ विदेशमन्त्री वाङ १० दिने प्रशान्त क्षेत्रका टापु देशहरुको भ्रमणमा छन् । यसलाई चीनले विश्वभर प्रभाव बढाउन खोजेको बुझाई पश्चिमा देशहरुको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्