Logo

श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण



एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो ।

श्रीलंकाली राजदूत मिलिन्डा मोरागोडाले भारतकी अर्थमन्त्री निर्मला सीथारमनलाई गत हप्ता भेटी सहयोगबारे कुरा गरेको डेली मिरर पत्रिकाले लेखेको छ । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका ठूलो आर्थिक संकटमा छ ।

इन्धन र खाद्यान्न आपूर्ति गर्न नै रकमको अभाव भएपछि श्रीलंकामा उपभोग्य सामाग्रीको अभाव छ । उसले ठूलो ऋण सहयोग लिन थालेको छ । श्रीलंकाको पत्रिकाले भारतले थप १ अर्ब डलर ऋण सहयोग दिन लागेको उल्लेख गरेका छन् । उक्त रकम अत्यावश्यक सामाग्रीको आपूर्तिका लागि भनिएको छ ।

श्रीलंकाले अहिलेसम्म भारतबाट ७० करोड डलर ऋण सहयोग लिइसकेको छ । उक्त रकम पेट्रोलियम पद्धार्थको आपूर्तिमा खर्चिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot