एजेन्सी । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए ।
लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ ।१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ ।