उदयपुर, १७ जेठ । उदरपुरको कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतको रकमबाट नगरका विपन्न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । हिजो (सोमबार) नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि कोष स्थापना गर्ने बताए ।
आफूले पाउने सेवा सुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ । यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।