Logo

आजदेखि ३ दिनसम्म हावाहुरीसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह



काठमाडौं, १७ जेठ । मंगलबारदेखि बिहीबारसम्म देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।  जल तथा मौसम विभागको अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेसँगै वर्षाको सम्भावना बढेको हो ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बुधबार राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

विभागको अनुसार भोलि राति मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन /चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

बिहीबार राती प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्