Logo

भारतका रक्षामन्त्री राजनाथ सिंह र सुजाताबीचको भेटमा के के कुरा भयो



काठमाडौं, १७ जेठ । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग महत्वपूर्ण भेटवार्ता गरेकी छिन् । दिल्लीमा भएको भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ ।

भेटबारे रिपोर्टर्स नेपाललाई जानकारी दिदै कोइरालाले दुई देशबीचको सम्बन्धमा केन्द्रित रही कुराकानी भएको बताइन् । उनले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिन् ।

भारतमा रहेकी कोइरालाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुसँग महत्वपूर्ण कुराकानी गरेकी छिन् । उनले त्यहाँका उद्दोगीव्यवसायीसँग कुराकानी गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot