काठमाडौं, १७ जेठ । नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।
उनी धरौटीमा रिहा भएको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा लामा आज ३ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
पक्राउ परेक ालामा बौद्ध भिक्षु हुन् । उनको स्थायी घर मुगु हो ।
आजमात्रै लामाको रिहाको माग गर्दै काठमाडौंको केएल टावरमा प्रदर्शन गरिएको थियो ।
लामामाथि नायिका मगरमाथि सिभिल मल परिसरमा दुर्व्यवहारगरेको आरोप छ ।