Logo

प्रदेश र संघीय निर्वाचनमा जनता कांग्रेसलाई जिताउन आँतुर छन् : प्रदीप पौडेल



काठमाडौं, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले गत स्थानीय निर्वाचनको मत परिणामले प्रस्ट रुपमा देखाएको बताएको बताएका हुन् ।

नेता पौडेलले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका हुन् । जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नउनले सुझाव दिए ।

‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’

सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रीजाल, बाग्मति प्रदेश सदस्य सबिन तामाङ, तार्केश्वर नगरपालिका उपमेयर शिर्जन बुर्लाकोटी, महाधिवेशन प्रतिनिधि शुशिल भट्ट लगायतका नेताहरूले कार्यक्रममा धारणा राखेको कार्यक्रमका सभापति नबिन फुयालले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot