Logo

प्रस्थान, गन्तव्य र इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिइने



काठमाडौं, १७ जेठ । तारा एयरको विमान मुस्ताङमा दुर्घटना हुनुमा मौसम मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मौसमका कारण विमान उल्टो मोड्दा डाँडामा ठोक्किएको अनुमान छ । पोखराबाट १५ जेठको विहान ढिलो गरी विमान उडेको थियो ।

मौसम नखुलेकाले विमान ढिलो गरी उडेकोमा जोमसोम नजिक इनरुटमा बादलले ढाकिएको थियो । विमान दुर्घटना भएपछि पनि उद्धारमा मौसम नै बाधक बन्यो ।

पोखरामा मौसम खुलेपनि जोमसोमको इनरुटमा मौसम नखुलेपनि विमान उडेको थियो । यो घटनालाई गम्भीर मानिएको छ । इनरुटमा बादलले ढाकिंदा विमान पत्ता लाग्न २१ घन्टा लागेको थियो ।

अब नागरक उड्डयन प्राधिकरणले प्रस्थान, गन्तव्य र विमानको रुटको मौसम हेरेर मात्र उडान अनुमती दिइने जनाएको छ । यसअघि प्रस्थान र गन्तव्यको विमानस्थलको मौसम हेरेर उडान अनुमति दिइँदै आइएको थियो ।



प्रतिक्रिया दिनुहोस्