Logo

बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा



काठमाडौं, १७ जेठ । बालेन साहले काठमाडौंको मेयरको सपथ लिएपछि वडाध्यक्षसहितको पहिलो बैठक डाके । बैठकमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु नरम रुपमा प्रस्तुत भए । बालेनलाई पूर्ण साथ दिने गरी प्रस्तुत भए । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भने बालेनप्रति कडा भए ।

एमाले बालेनप्रति नरम हुनु र काँग्रेस कडा हुनुको रहस्य खुलेको छ । बालेनले निर्वाचित हुनु अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगी भेटेको खुलेको छ । ओलीले बालेनलाई खुलेर बधाई दिएका थिए । उनको हात नै समातेर खुशी साटेका थिए ।

बालेनको जीतमा ओली पनि खुशी भएको बुझिएको छ । बालेनले पनि एमालेबाट साथ पाउने आशा गरेको देखिन्छ ।

बालेनले निर्वाचित भई सपथ लिएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मासँग जँगी अड्डामै भेटेका थिए । उनलाई पूर्व सेना समेत रहेका कलाकार सन्तोष पन्तले खुलेरै सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot