Logo

आईजीपी नियुक्ति विवादको अन्तिम सुनुवाइ ३० जेठमा



काठमाडौं, जेठ १८। नेपाल प्रहरीको महानिरीक्षक (आईजी)पी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको पेसी आगामी ३० जेठका लागि तोकिएको छ ।

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । सुनुवाइ नसकिएपछि अर्को पेसी ३० जेठका लागि तोकिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो । पोखरेलले दायर गरेको रिटमा यसअघि वैशाख २२ गते न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो । अन्तरिम आदेश जारी नभएपछि धीरजप्रताप सिंहको महानिरीक्षक बन्ने बाटो खुलेको थियो ।

यसअघि न्यायाधीश माथेको इजालसले अन्तिम सुनुवाइ १७ जेठमा सुुनाउने आदेश दिएको थियो । तर, मंगलबार सर्वोच्च प्रशासनले डीआईजीबाट तीन जनालाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध तीन जना डीआईजी (हाल अवकाशप्राप्त)ले दायर गरेको रिटलाई पनि लगाउमा राखेर पेसी सूची प्रकाशन गरेको थियो ।

एआईजी पोखरेल र डीआईजीहरू (अवकाशप्राप्त) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटमाथि संयुक्त सुनुवाइका लागि मंगलबार श्रेष्ठ र चुडालको इजलासमा पेसी तोकिएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot