Logo

गाउँपालिकाको नमुना भवन



सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ ।

वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष कविन्द्रकुमार केसीको कार्यकालमा आर्थिक वर्ष २०७६/७७ मा निर्माण सुरु भई करिब एक वर्षको अवधिमै सो भवन निर्माण भएको हो । २०७८ असोजदेखि पालिका कार्यालय सोही भवनबाट सञ्चालनमा आएको निवर्तमान अध्यक्ष केसीले बताए ।

भवनमा सूचना प्रविधि कक्ष, बैठक हलसहित ३३ वटा कोठा छन् । सबै पूर्वाधार अपाङ्गतामैत्री छ । भवनको पर्खालमा पालिकाका नौवटै वडाको चित्र र महìवपूर्ण सूचना दिइएको छ ।

२०७४ सालमा निर्वाचित भएर आएपछि पालिकाले स्वास्थ्य चौकीको भवनबाट काम सञ्चालन गरेको थियो । शिक्षालगायत अन्य शाखा भने भाडामा सञ्चालन गरिएको स्मरण गर्दै निवर्तमान अध्यक्ष केसीले आफ्नै भवनबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने उद्देश्य राखेपछि स्रोतको खोजी गरी भवन निर्माण गरिएको जानकारी दिए ।

पछि समपूरक बजेटबाट भवन निर्माण गरिएको हो । दुई करोड ८५ लाख १९ हजार (भ्याटबाहेक)को लागतमा लक्ष्मण कन्स्ट्रक्सन सुर्खेतले सो भवन निर्माण गरेको हो ।

सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई अथवा ड्रोनमार्फत खिचिएका चित्रमा आकर्षक देखिन्छ ।

करिब चार वर्षसम्म स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गरेको र पछि पालिका केन्द्रको टुङ्गो सो गाउँपालिका वडा नं ६ राकममा लागेपछि भवन निर्माणको थालनी गरिएको थियो । करिब सय रोपनी क्षेत्रफलमा पालिका भवन छ ।

सिम्ता शब्दको आकारमा भवनको डिजाइन गराउन करिब चार महिना लागेको निवर्तमान अध्यक्ष केसीले बताउनुभयो । सुर्खेतस्थित मुनलाइट इन्जिनियरिङ कन्सल्टेन्सीले केसीको योजनाअनुसार भवनको डिजाइन बनाएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot