Logo

वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला



काठमाडौं, जेठ १८ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणकालागि आवेदन खुला गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान हुने अपेक्षा गरएको छ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट तीन र श्रीलन्का बाट दुई जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य लिएको छ ।

सेप्टेम्बर १, २०२२ मा वाई वाइ ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot