Logo

मंसिर १० गतेभित्रै संघीय संसद्को निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको तयारी, १६५ मा कांग्रेसले माग्यो १०० सिट



काठमाडौं, १८ जेठ । सत्ता गठबन्धनले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल कायम राख्ने निश्कर्ष निकालेको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनले तालमेल गरेको थियो ।

चुनावमा सफलता मिलेको भन्दै यसलाई आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म कायम राखिने गठबन्धनका शीर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । पछिल्लो समय बालुवाटारमा बसेको गठबनधनको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको बुझिएको छ ।

प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले १०० सिट लिने र बाँकी ६५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बाँडफाँड गर्न आग्रह गरेको छ ।

स्रोतकाअनुसार माओवादी केन्द्रले भने ४०–५० सिट मागेको छ । उता, जनता समाजवादी पार्टीले भने १० सिट मागेको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १५ सिटमा दाबी गरेको बुझिएको छ । जनमोर्चालाई भने २ सिट दिने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा दशैं, तिहारलगत्तै चुनाव गर्ने पक्षमा उभिएका छन् । उनले आफूनिकट मन्त्रीहरुसँगको छलफलमा पनि प्रतिनिधिभाको निर्वाचन आगामी मंसिर १० गतेभित्रै गर्नुपर्ने धारणा राखेका छन् । चुनाव एकै चरणमा गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्