Logo

शेयर बजारमा सामान्य अंकको गिरावट



काठमाडौं, १८ जेठ । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ७ दशमलव १९ अंकले घटेर २१३० दशमलव ७३ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १६ अंकले घटेको ४१४ दशमलव ४७ विन्दुमा रोकिएको छ।

यसैगरी, नेप्सेमा आज २२७ कम्पनीको १ अर्ब ७८ करोड ४८ लाख ४ हजार १८२ रुपैयाँ बराबरको ३० लाख २० हजार ६७ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्