Logo

कामना विकास बैंकद्वारा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न



काठमाडौं, १८ जेठ । कामना सेवा विकास बैंकले Entrepreneurship Development Program सञ्चालन गरेको छ । बैंकले अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ यो कार्यक्रम गरेको हो ।

कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे जनाएको छ ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

 



प्रतिक्रिया दिनुहोस्