काठमाडौं, १८ जेठ । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने काठमाडौं नागार्जुन नगरपालिका–९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २ लाख ५० हजार रूपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी २ जना पीडितबाट ३० लाख रुपैयाँ लिई ठगी कार्यमा संलग्न खत्रीलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटारबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।