Logo

शनिबार भोटो जात्रा



ललितपुर, जेठ १९। रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ ।
विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलनअनुसार आगामी २१ जेठ शनिबार भोटो देखाउने जात्रा हुने कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।
मत्स्येन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पु¥याइएको छ । । थतीटोलबाट जावलाखेलसम्म रथ तान्ने क्रममा गुरुज्युको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु भएको थियो । जावलाखेलसम्म रथ तानेर लैजाने क्रममा जीवित देवी कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराइएको थियो ।
रथलाई जावालाखेल पु(याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिएको थियो । रथ तानेको हेर्न पाटनका विभिन्न टोलका बासिन्दालगायत सुनाकोठी, ठेचो, चापागाउँ, लुभु, सानागाउँ, ठैव, हरिसिद्धि, बाँडेगाउँ, बुङ्मती, खोकना, लेलेलगायतका स्थानबाट भक्तजन पुगेका थिए । जाह्वला जात्रा अर्थात् जाउलाखेलमा रथ तान्ने पनि साइत निकालिने परम्परा छ । जसअनुसार बुधबारका लागि साइत निकालिएको थियो ।
मत्स्येन्द्रनाथका परम्परागत दुई ज्योतिषले गत बिहीबार थतिटोलबाट जावलाखेल पु¥याइने साइत निकालेपछि भोटो जात्राको पनि मिति जुरेको हो । मत्स्येन्द्रनाथको साइत हेर्ने ज्योतिषले साइत निकालेका हुन् । रथ जावलाखेल लैजान चार जनाले साइत हेर्नुपर्ने परम्परा भए पनि पछिल्लो समय दुई ज्योतिषले मात्र हेर्ने गरेका छन् ।
ती दुवै ज्योतिषले बिहीबार मणिमण्डपको सोह«खुट्टे पाटीमा बसेर साइत निकालेका हुन् । ५४९ सालदेखि सुरु भएको यो जात्राको साइत हेर्न विगत ८ सय वर्षअघिदेखि पाटनका ज्योतिषी जोशी परिवारलाई जिम्मा दिइएको थियो । यसअघि २८ वैशाखमा नरिवल खसाल्ने जात्रा मनाएपछि रातो मत्स्येन्द्रनाथको रथ महिलाहरूले तानेर थतीटोलको चौबाटो पु¥याएका थिए ।
भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको जात्रा सकिन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot