Logo

जव राजा वीरेन्द्रले जहाजको ककपिटमा छिरेर भने ‘यो के गरेको क्याप्टेन’



काठमाडौं, जेठ १९ । वि सं २०५९ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।

दरबार हत्याकाण्डमा मारिएका उनै राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना जसले नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) लाई देशका लागि योगदान दिने अवसर पनि दियो, अनि थुप्रै उत्तारचढाव पनि ।

क्याप्टेन केकेकै शब्दमा भन्नुपर्दा सन् १९७८ मे महिनाको पहिलो सातातिर उनलाई दरबार बोलाइयो । काठमाडौंबाट हिमाल नाघेर चीनको पेकिङ, अहिलेको बेइजिङसम्म ‘ननस्टप फ्लाइट’ उडाउन सकिन्छ कि सकिन्न भनेर सोध्नका लागि केकेलाई दरबार बोलाइएको थियो ।

क्याप्टेन केके भने, ‘त्यतिबेला नेपालबाट विदेशमा उडान भर्न भारतमा ‘कस्टम क्लियर’ गर्नुपर्ने बाध्यता थियो । भारतको आकाश भएर उडान भरिरहेको नेपाली हवाई उड्डयन क्षेत्रले त्यतिबेलासम्म भारतको आकाश प्रयोग नगरी उत्तरतिरको हिमाल छिचोलेर उडान भर्नु जोखिमपूर्ण ठानेको थियो ।

नेपालको उड्डयन क्षेत्र भारतको अधिनस्थ भएकाले भारतको तर्फबाट बेलाबेलामा समस्या खडा हुने गरेको थियो । राजा महेन्द्रकै पालामा पनि उड्डयन क्षेत्रको समस्या समाधान गर्न एकपटक राजा महेन्द्र आफैं दिल्ली जानुभएको थियो ।’

उनले अगाडी भने, ‘वीरेन्द्र राजा भएपछि पनि बेलाबेलामा समस्या आई नै रहेको थियो । सायद त्यसैले पनि राजा वीरेन्द्र हिमालमाथिबाट उडान भर्ने विषयमा गम्भीर हुनुहुन्थ्यो । मलाई त त्यस्तो कुरामा खासै चासो पनि थिएन । तर, शाही नेपाल वायु सेवा निगमको मुख्य विमान चालक र अति विशिष्ट (भीभीआईपी) उडानको संयोजक भएको नाताले मलाई ट्रान्स हिमालयन फ्लाइटको सम्भावना अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो । जसलाई मैले आफ्नो पेसाको धर्म र देशप्रतिको बफादारीलाई सम्झेर इमानदारीपूर्वक पूरा गरेको थिएँ ।

नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन्, ‘राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ ।’

फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो के गरिरहेको’ भनेर सोध्नुभयो । मैले उहाँलाई डोप्लर नेभिगेसनको बारेमा बताउँदै भनेँ । त्यति सुनेपछि उहाँले मलाई सोध्नुभयो– ‘तिमीले एअरो म्याग्नेटिक सर्भे गर्न सक्छौं?’ म पनि के कम? झट्टै भनिहालें, सक्छु सरकार । त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो– ‘म तिमीले यो सर्भे गरेको हेर्न चाहन्छु क्याप्टेन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot