Logo

साढे ४ महिनापछि नेकपा क्रान्तिकारीद्वारा त्रिविको ताला फोडे



काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको मुख्य गेटमा तालाबन्दी गरेको साढे ४ महिनापछि नेकपा क्रान्तिकारीले ताला फोडेका छन् ।

वार्ता र संवादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु अनैतिक हर्कतको संख्या दिँदै फेरि तालाबन्दी नगर्न चेतावनी दिएको छ । उनीहरूले पार्टीको मध्य केन्द्रीय कमान्डका इन्चार्ज सफलद्वारा हस्ताक्षरित विज्ञप्ति टाँसेर ताला फोडेका हुन् ।

गएको माघ ७ गते उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल कार्यालयको मुख्य प्रवेशद्वार र कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

ताला फोडेपछि त्रिविमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेकपा क्रान्तिकारीले विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने र ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रूपमा जुनसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहने चेतावनी दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot