Logo

बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र



सिद्धार्थनगर, जेठ १९ । हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।

झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि सं २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।

दुई दशकदेखि यस्तै समस्या भोग्नु परेको बुटवल सुक्खानगरकी पुनम रजालीले सुनाउनुभयो । बुटवल गोलपार्ककी राधा भट्टराईले झन्डै ३० वर्षदेखि केही काम नहुँदा आफूहरूले यस जुनीमा निर्बाध र स्वच्छ पानी आउने आशा मारेको बताइन् ।

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ४० लाख लिटर मात्रै छ ।

बुटवलको खानेपानी समस्या समाधान गर्ने नारासहित यसै क्षेत्रबाट निर्वाचित सांसद र मन्त्री तथा नगरप्रमुखले पनि केही नगरेको गुनासो स्थानीयवासीको छ । त्यसै कारण झुम्सा खानेपानी आयोजना २६ वर्षदेखि अलपत्र परेको स्थानीयवासीको आरोप रहेको आजको गोरखापत्र दैनिकमा खवर छ



प्रतिक्रिया दिनुहोस्

Screenshot