Logo

मिरुनाले माफी माग्दै भनिन् ‘गलतको विरुद्ध जहिल्यै लड्नुहोस्’



काठमाडौं, १९जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले स्पष्टिकरण दिएकी छन् । आफु माथि आइतबार भएको सिभिल मलमा ब्याड टचको घटनाबारे मगरले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेर स्पष्टिकरण दिएकी हुन् ।

उनले आफुमाथि सिभिल मलमा फुर्पा तामाङले अनुचित ढंगले छोएको उल्लेख गर्दै फुर्पालाई माफी दिएको समेत बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ’फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्वीकार गरेकी छु । ’

मिरुनाले वरिष्ठ लामागुरूहरू लगायत दुबै पक्षबाट सहमति अनुसार घटनामा जोडिएका सबै समुदायप्रति क्षमायाचना गरेको प्रस्ट पारेकी छिन् । उनले लेखेकी छिन्, ‘सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामागुरूहरू लगायत दुबै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दुखित हुनु हुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु।’ ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन’ उनले भनेकी छन् ।

‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ ।’ उनले अगाडी लेखेकी छिन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

आइतबार नायिकाले आफुलाई सिभिल मलबाट बाहिर निस्कने क्रममा तामाङ थरका एक युवकले पिठ्युमा छोएको आरोप लगाउँदै प्रहरीलाई बुझाएकी थिइन् ।

सोमबार युवकविरुद्ध उजुरी दर्ता गरेपछि जिल्ला प्रसाशन कार्यालयले म्याद समेत थप गरेको छ । तर चौतर्फी आलोचना भएपछि प्रहरीको हिरासतमा रहेका युवकलाई छाडेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot