Logo

राजस्थानमा बैंक म्यानेजरको गोली हानी हत्या



एजेन्सी, १९ जेठ । जम्मू–कश्मीरको कुलगाममा फेरि एकपटक टारगेट किलिंगको घटना बाहिर आएको छ । आतंककारीहरूले एक बैंक म्यानेजरलाई निशाना बनाएर हत्या गरेका छन् ।

बैंक प्रबन्धकको नाम विजय कुमार हो र उनी राजस्थानका हुन्। यसअघि कुलगाममा साम्बाकी शिक्षिका रजनी बालाको हत्या भएको थियो। पछिल्लो तीन दिनमा यो दोस्रो घटना हो ।

उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो तर उपचारको क्रममा मृत्यु भएको एजेन्सीले जनाएको छ । उनी राजस्थानको हनुमानगढ निवासी थिए ।

कुलगामको मोहनपोरा शाखामा प्रबन्धकको रूपमा नियुक्त भएका विजय कुमार आफ्नो घरबाट बाहिर निस्कँदा अचानक केही आक्रमणकारीहरूले उनीमाथि गोली चलाउन थाले। मानिसहरू त्यहाँ जम्मा हुनुअघि नै आतंककारीहरू त्यहाँबाट भागेका थिए। आरेह क्षेत्रका मानिसहरूले घाइते विजय कुमारलाई तुरुन्तै उठाएर पुलिसको सहयोगमा जिल्ला अस्पताल कुलगाम लगे। चिकित्सकले उनको उपचार सुरु गर्नुअघि नै बैंक म्यानेजरको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्