Logo

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न



काठमाडौँ,१९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेको हो ।

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्