काठमाडौं, १९ जेठ । दोलखामा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
नदीको किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसार शवलाई चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखिएको छ ।
शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शव कुहिएको अवस्थामा भेटिएको र व्यक्तिको पहिचान गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।