
एजेन्सी, १९ जेठ । भारतको जम्मु-काश्मिरको कुलगम जिल्लाको एक बैंकका म्यानेजरमाथि आतंकवादी हमला भएको छ । अरेह मोहनपोरास्थित इलाकी देहाती बैंकका म्यानेजरमाथि बैंकभित्रै गोली प्रहार भएको हो ।
राजस्थानको हनुमानगढ घर भएका उनीमाथि गोली प्रहारको दृश्य सामाजिक सञ्जालमा राखिएको छ । एक व्यक्तिले पेस्तोलले उनीमाथि गोली हानेका थिए । ती व्यक्ति झोला बोकेर आएको र ढोकाबाहिर एक पटक हेरेर गोली प्रहार गरेका थिए । त्यसपछि उनी भागेका थिए ।
काश्मिरमा हिन्दू समुदायमाथि आतंकवादी हमला बढेको छ । मङ्गलबार ३६ वर्षीय एकजना शिक्षकको गोली हानी हत्या भएको थियो ।
#WATCH | J&K: Terrorist fires at bank manager at Ellaqie Dehati Bank at Areh Mohanpora in Kulgam district.
The bank manager later succumbed to his injuries.
(CCTV visuals) pic.twitter.com/uIxVS29KVI
— ANI (@ANI) June 2, 2022