
एजेन्सी, १९ जेठ । विश्व महिला बक्सिङ च्याम्पियनशिप जितेकी भारतकी निखात जरिनलाई पुरस्कारको ओइरो लागेको छ । टर्कीमा भएको प्रतियोगिता जितेकी जरिनलाई भारतको तेलंगनाका मुख्यमन्त्री के चन्द्रशेखर राओले २ करोड भारतीय रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले यसअघि इन्डिया स्पोर्टसबाट १ करोड भारु दिने घोषणा भएको थियो ।
तेलंगनामा जन्मिएकी जरिया मेरी कोम पछि महिला बक्सिङ च्याम्पियनशिपमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् ।-Photo Source: Agency