Logo

पल शाहको मुद्दामा के फैसला आउला



काठमाडौं, १९ जेठ । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा बन्दी रहेका चलचित्र नायक पल शाहको मुद्दामा बहसको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा सुनुवाइको बहस सकिएसँगै फैसलाको प्रतिक्षा रहेको छ ।

पल शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उनले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्षकाले मुद्दा दायर गरेका थिए ।

न्यायाधीशद्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस सकिएको हो । बहस सकिएपछि अब आउने फैसलाले पल शाह कारागारमा रहनुपर्ने हो या होइन भन्ने निक्र्यौल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot